स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २८ गतेदेखि
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यही चैत २८ देखि ३० गतेसम्म गर्ने भएको छ ।
एघारौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनकाबारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दे परिषदका सदस्य सचिव डा प्रमोद जोशीले यसपटकको समेलनको नारा ‘स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन : दिगो र समतामूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ रहेको जनाए ।
उनले सम्मेलनमा एक हजार भन्दा बढी राष्ट्रिय तथा भारत, चीन, युके, डेनमार्क, अमेरिका लगायतका सय बढी अन्तराष्ट्रिय अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुको सहभागिता रहने जानकारी दिए । डा जोशीका अनुसार यस वर्षको सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा भएका र हुनसक्ने सम्भावित चुनौतीहरु स्वास्थ्य प्रणालीको उत्थानशिलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चतता जस्ता विषयमा केन्द्रित रहनेछ ।
सम्मेलनमा ८७ वटा मौखिक प्रस्तुतिकरण र ११५ वटा पोस्टर प्रस्तुतिकरण रहने छन्। यस सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणको लागि पूर्वाधार बनाउँदै दिगो र उत्थानशिल स्वास्थ्य सेवाको सुनिश्ति गर्न उल्लेखनीय भूमिका खेल्ने छ भन्ने परिषदले विश्वास लिएको छ ।
सम्मेलनको उद्घाटन बिहिबार बिहान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्ने कार्यक्रम रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण