कस्ता छन् असुरोका औषधीय गुण ? जानी राखौं

हेल्थ टिभी अनलाइन : हिमाल, पहाड र तराई नेपालको जुनसुकै भू भागमा पाइने वनस्पति हो, असुरो। सर्वसुलभ रूपमा पाइने यो जडिबुटी ज्यादै नै उपयोगी छ। एकपटक उम्रिएपछि यो सितिमिति हराउँदैन। यो जुनसुकै मौसममा सदाबहार हरियो रहिरहन्छ। यसको बिरुवाको उचाइ तीनदेखि नौ फिटसम्म हुन्छ।
औषधीय उपयोग
यसले विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्याहरूमा फाइदा गर्छ। यसले श्वासनलीमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्न मद्दत गर्छ। यसले पुरानो खोकी, दम, पिनासजस्ता समस्या समाधान गर्छ। आउँमासी परेका वेलामा मिश्रीसँग मिसााएर खाँदा फाइदा पुग्छ। चिराइतो कुटेर पिपलासँग मिलाई यसको प्रयोग गर्नाले धेरै दिनदेखिको ज्वरोमा फाइदा पुग्छ।
पिसाब पोलेमा, नाक र मुखबाट रगत बगेमा, घाँटी दुखेमा पनि यसको प्रयोग गर्न सकिन्छ। असुरो दाँत र गिजाका समस्यामा पनि यो राम्रो औषधि हो। यसलाई दतिवनका रूपमा पनि प्रयोग गर्न सकिन्छ। औषधिको रूपमा रस, धुलो वा लेदोको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ। असुरोको पात वा फूलको रस सेवन गर्दा अवस्था र उमेर हेरी १० देखि ४० सम्म प्रयोग गर्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights