राजावादीको आन्दोलनमा घाईते भएका १३ जना अझै पनि उपचारमा

हेल्थ टिभी अनलाइन : राजावादीहरुले गत शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको आन्दोलनका क्रममा घाइते भएका १२८ जनामध्ये १३ जना अझै पनि विभिन्न अस्पतालमा उपचारमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सबैको आवश्यकता अनुसार उपचार भइरहेको छ । तीमध्ये केहीको शल्यक्रिया गर्नु परेको छ । केही गोली लागेका कारण घाइते छन् भने केहीलाई ढुंगार लाठी प्रहारका कारण गम्भीर चोटपटक लागेको छ । उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । डा बुढाथोकीका अनुसार घाइतेहरुमध्ये १३ जना बाहेक सबै डिस्चार्ज भएका छन् । सरकारले तीनकुने घटनाका घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै