महाराष्ट्रमा स्वाइन फ्लुले मृत्यु हुनेकाे संख्या ३०० नाघ्याे
भारतको महाराष्ट्र राज्यमा याे वर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको छ। राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए।
अस्पतालमा उपचार गराइरहेकामध्ये २२\२३ जनाको अवस्था गम्भीर रहेको उनले बताए। जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३७५ मानिस बिरामी भएका छन्।
सन् २०१७ मा करिब ७०० को मृत्यु भएको थियो। यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए। मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताए।
मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्ने बताइएकाे छ। यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ।
रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ। रुघाखोकी लागेका व्यक्तिहरू अरु मानिसको सम्पर्कबाट टाढै रही चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण