नेत्रज्योति संघद्धारा सञ्चालित अस्पतालमा ९ लाख विदेशीको आँखा परीक्षण
डेढ लाख बढीको शल्यक्रिया
हेल्थ टिभी अनलाइन : नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित अस्पतालहरुद्धारा एक वर्षमा ९ लाख भन्दा बढी विदेशी बिरामीको आँखाको परीक्षण गरिएको छ । संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरिय सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायतका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । उनका अनुसार सन् २०२४ मा मात्रै संघको संजाल मार्फत ९ लाख ७ हजार ७१ जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरी १ लाख ६२ हजार ८४५ जना बिरामीहरुको शल्यक्रिया समेत गरिएको छ । नेपाल नेत्रज्योति संघको संजाल मार्फत एक बर्षमा ३४ हजार भन्दा बढि आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
नेपालको आँखा उपचारको गुणस्तरियताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ’ महासचिव चन्दले भने, ‘अब हामीले बढि भन्दा बढि नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल सरकारसागको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाएका छौ ।’
नेपालमा आँखा उपचारको क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको बताउँछन संघका अध्यक्ष प्राडा चेतराज पन्त । ‘सन् २०२१ मा नेपालका ७ वटै प्रदेशमा गरिएको सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा सबैभन्दा बढि नागरिकहरु आँखा उपचार सेवाबाट बन्चित रहेको देखाएको छ त्यसैले सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ’ प्राडा पन्तले बताए ।
संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार संघद्धारा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । उनका अनुसार संघको सञ्जाल मार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरुको आँखा परिक्षण गरि २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ ।
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप हजारौँ स्वयमसेवक तथा कर्मचारीहरु मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको महत्वपूर्ण सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एबं दाताहरुको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाऊँहरु देखि तराईका समथर भूमि पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पु¥याउने कार्यमा नेपाल नेत्रज्योति संघले अग्रणी भूमिका खेल्दै आएको छ ।
वि।स २०३५ साल चैत्र १३ गते गैरसरकारी संस्थाका रुपमा स्थापित संघले आफ्नो स्थापनाको ४६ वर्ष पार गरी ४७ वर्षमा प्रवेश गरेको छ । ४७ औँ नेत्रज्योति दिवसका अवसरमा संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल मल्टिपल काउन्सिल ३२५, प्राडा। डिएन शाह, प्राडा ताकेसी नाईतो, डा जुनसुके आकुरा, डा रघुनन्दन बेन्जु र कृष्णहरी सापकोटालाई नेत्रज्योति सम्मानबाट सम्मानित गरिने भएको छ । त्यसैगरी श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, प्राडा दिलबहादुर क्षेत्री र पद्मनारायण चौधरीलाई लाईफ टाईम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै