आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग
काठमाडौ : नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्सालयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ ।
नेपाल आयुर्वेद चिकित्सक सङघले बिहीबार प्रेश विज्ञप्ति प्रकाशित गर्दै आयुर्वेद चिकित्सा उपचारको पुरानो चिकित्सालयको रूपमा रहेको यसलाई यस क्षेत्रको केन्द्रीय चिकित्सालय बनाउन माग गरेको हो।
सङ्घका अध्यक्ष डा. प्रकाश ज्ञवालीले नेपालको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पुर्याउन आवश्यक रहेकामा जोड दिए। आयुर्वेद चिकित्सा पद्धतिबाट प्रायः सबै रोगको उपचार हुने चिकित्सालयको जिकिर छ।
विशेषगरी हेपाटाइटिस, जन्डिस, अम्लपित्त, पक्षघात, प्यारालाइसिस, पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गर्ने चिकित्सालयले जनाएको छ।
पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनुलगायत कारणले उक्त चिकित्सालयको खासै प्रवर्धन हुनसकेको छैन।
चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ। १९७४ वैशाख महिनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’