पक्षघात उपचारको निःशुल्क औषधी तीन अस्पतालबाट उपलब्ध हुने
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकका लागि नि:शुल्क गर्ने भनेको पक्षघातको उपचारमा प्रयोग हुने औषधी सुरुमा तीन अस्पतालबाट उपलब्ध हुने जनाएको छ ।
बिहिबार मन्त्रालयमा औषधीकाबारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री प्रदिप पौडेलले अहिलेलाई वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमार्फत यो औषधी उपलब्ध गराउन लागेको जानकारी दिए । मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोगमा प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । उनले यसले आर्थिक अभाव भएका बिरामीलाई निकै राहत हुने समेत जिकीर गरे ।
कार्यक्रममा औषधी सहयोगमा ल्याउनका लागि सहजकर्ताको भूमिका निर्वाह गरेको संस्था वान हार्ट वल्र्डवाइडका निर्देशक सुर्य भट्टले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजंग रायमाझीलाई औषधी हस्तान्तरण गरेका थिए । यो औषधी डाइरेक्ट रिलिफ अमेरिकाले सहयोग स्वरुप नेपाललाई दिएको हो । पहिलो चरणमा ८ सय भाइल उपलब्ध भएको र आवश्यकता अनुसार फेरि पनि औषधी आउने मन्त्री पौडेलले जानकारी दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’