स्वास्थ्य मन्त्रालयद्धारा १२औं तहका दुई अतिरिक्त सचिवका लागि आवेदन माग

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिव पदका लागि आवेदन माग गरिएको छ।
स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै पन्ध्र दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ। बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधी पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।
अहिले मन्त्रालयमा अतिरिक्त सचिवका २ पद रिक्त छन्।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै