वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकार श्रेष्ठ सम्मानित
हेल्थ टिभी अनलाइन : वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित भएका छन्।
विश्व मिर्गौला दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्ीय अध्यक्ष बलराम सुवेदीले डा श्रेष्ठलाई सम्मान गरेका हुन् । नेपालमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सकका रूपमा परिचित डा पुकार चन्द्र श्रेष्ठले हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ सय ७३ जनाको मिर्गौला र ३२ जनाको कलेजो सफलता पूर्वक प्रत्यारोण गरिसकेका छन्।
नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने डा श्रेष्ठले मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारापेण गर्ने ऐतिहासिक कार्यमा समेत महत्वपूर्ण योगदान दिएकोमा मन्त्री पौडेलले उनको खुलेरै प्रशंसा गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण