वीर अस्पतालको निर्देशकमा डा शर्मा
हेल्थ टिभी अनलाइन : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा नियुक्त भएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दुई वर्षका लागि वीर अस्पतालको निर्देशकमा डा शर्मालाई नियुक्त गरेका हुन् । मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघिका अस्पतालका निर्देशक डा सन्तोष पौडेलको कार्यकाल फागुन ४ मा सकिएपछि निमित्तको जिम्मेवारी वीर अस्पतालकै डा समाज गौतमले सम्हाल्दै आएका थिए ।
कलेजो रोग विशेषज्ञ डा शर्माले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्टार र चिकित्सा शिक्षा आयोगमा निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण