Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नवनियुक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सम्हाले जिम्मेवारी

नवनियुक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सम्हाले जिम्मेवारी

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त सचिव डा विकास देवकोटाले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन् ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा कार्यरत डा देवकोटालाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार डा देवकोटाले आज मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

डा देवकोटालाई सचिवका रुपमा स्वागत गर्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सचिवमा नयाँ भए पनि स्वास्थ्यमा नयाँ नभएकाले धेरै कुरा भन्नै नपर्ने बताए । उनले भने, ‘उहाँ २८ वर्षदेखि स्वास्थ्य सेवामा हुनुहुन्छ उहाँलाई जति मलाई कसरी थाहा हुन्छ र त्यसैले उहाँले आफै बुझेर स्वास्थ्य सेवा सुधारको लागि काम गर्नुहुनेछ भन्ने मेरो विश्वास हो ।’

डा देवकोटा विस २०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेका थिए । सिफारिस समितिले उनीसँगै बार्हौं तहका डा संगिता कौशल मिश्रा र डा टंक बाराकोटीको नाम सचिवका लागि सिफारिस गरी पठाएको थियो ।

यसअघि डा रोशन पोखरेल स्वास्थ्य सचिव थिए । उनी फागुण १२ गते अनिवार्य अवकाशमा गएपछि उक्त पद खाली थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार