डा विकास देवकोटा बने स्वास्थ्य सचिव
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको सचिव पदमा डा देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीन मध्ये डा देवकोटालाई सचिव बनाउने निर्णय गरेको हो ।
सिफारिस समितिले डा देवकोटासँगै, डा संगिता मिश्रा र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका तीनै जना १२ औँ तहका हुन् ।
फागुन १२ मा ५ वर्षे कार्यकाल सकेर डा रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि स्वास्थ्यमा स्वास्थ्य समूहको सचिव पद रिक्त रहेको थियो । सोही रिक्त पदमा डा विकास देवकोटालाई नियुक्त गरिएको हो ।
देवकोटा अहिले स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारीमा छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण