Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रोस्टेट फाउन्डेसन नेपालको एक दिने सचेतना कार्यक्रम सम्पन्न

प्रोस्टेट फाउन्डेसन नेपालको एक दिने सचेतना कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : प्रोस्टेट फाउन्डेसन नेपालले काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजमा एक दिने प्रोस्टेट सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा फाउन्डेसनका तर्फबाट कन्सल्टेन्ट यूरोलोजिस्ट डा दीपक रौनियारले सहभागीलाई प्रोस्टेटको बनावट, यसमा आउने समस्या तथा मिर्गौलाजन्य रोगकाबारेमा जानकारी दिएका थिए ।

यसभन्दा अघि पनि विभिन्न संघसंस्थासँग मिलेर फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोस्टेट सम्बन्धी जनचेतना जगाउन र रोग लागिहालेमा समयमै उपचार गर्न प्रेरित गर्दै निशुल्क शिविर तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।

यसपटक भने मदन भण्डारी मेमोरियल कलेजसँग सचेतनामूलक कार्यक्रम गर्ने सम्झौता गर्दै उक्त कार्यक्रम गरिएको हो भने आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने डा रौनियारले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार