फागुन महिनाभर नसर्ने रोग पहिचान अभियान चलाउँदै स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने पहिचान तथा परीक्षण अभियान थालनी गर्न लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले उपराचात्मभन्दा पनि अब मन्त्रालय रोगै लाग्न नदिन के के गर्न सकिन्छ त्यसतर्फ लागेको भन्दै त्यसकै पहिलो स्टेपमा यो अभियान सञ्चालन गर्न लागिएको जनाए ।
उनले आधारभुत स्वास्थ्य परीक्षणबाटै धेरै कुरा पत्ता लाग्ने हुँदा यसले राज्यलाई ठूलो रोग लागेपछि व्यहोर्नुपर्ने भारबाट छुट्कारा हुने भएकाले यस्ता अभियान मन्त्रालयले अब नियमित सञ्चालन गर्ने समेत जानकारी दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’