Health TV Online
Health TV Online
Health TV Online

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्वास्थ्यमन्त्री पौडेलको कडा कदम, शत प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्वास्थ्यमन्त्री पौडेलको कडा कदम, शत प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सूर्तीजन्य पदार्थ नियन्त्रणमा कडा कदम चालेका छन्। मन्त्री पौडेलले अबदेखि हरेक खालका सूर्तीजन्य पदार्थको प्याकेट, बट्टा तथा र्यापर्समा शतप्रतिशत भाग ढाकिने गरी चेतानीमूलक रंगिन चित्र तथा सन्देश छाप्ने निर्देशिका जारी गरेका हुन ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत सोमबार मन्त्री स्तरीय निर्णय गर्दै ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट,र्‍यापर्स पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१’ जारी गरेका हुन्। । यो निर्देशिका जारी भएको १८० दिन पछि पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ु पारित गरिसकेको छ । यो निर्देशिकामा अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा अब शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ।

निर्देशिका जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नसर्ने रोगका मुख्य कारकमध्ये एक सूर्तीजन्य पदार्थको सेवन रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बताए। उनले भने, हामी चाहन्छौं हरेक नागरिक बिरामी नहुन र उपचारमा जानै नपरोस, त्यसका लागि रोग लाग्नै नदिनका लागि केके गर्न सकिन्छ त्यसमै काम गरिरहेका छौं । त्यसकै नतिजा स्वरुप यो निर्देशिका आएको हो । उनले सुर्तीजन्य पदार्थका प्याकेटमा देखिने चेतावनीमूलक चित्र तथा सन्देशले त्यसको सेवनमा निरुत्साहित गर्ने विश्वास रहेको पनि जिकीर गरे ।

यो नियम आगामी भदौ १ गतेदेखि लागू हुनेछ । यसभन्दा अघि ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने कानून थियो । स्मरण रहोस नेपाल सबैभन्दा ठूलो ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने कानून बनाउने विश्वमै पहिलो देश हो । जसका कारण नेपालले अन्तराष्ट्रिय अवार्ड समेत पाएको थियो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कार्यमा लामो समयदेखि कार्यरत संस्था एक्सन नेपालले नयाँ निर्देशिका जारी हुनु नेपालका लागि महत्वपूर्ण उपलव्धी भन्दै यसको पूर्ण कार्यान्वयनकामा सबैको पहल हुन जरुरी रहेको बताएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा