पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान आजबाट सुरु

हेल्थ टिभी अनलाइन : सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आज देखि देशव्यापी रुपमा खोप अभियान सुरु गर्दैछ ।
आजदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुन लागेको हो । यो अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीलाई समेट्ने छ। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभी भाइरसले गराउने बताइएको छ । यसको २ सय भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्।
बालिकाहरुलाई उनीहरु यौन जीवनमा प्रवेश गर्नुअघि नै १० देखी १४ बर्ष उमेरको यो खोप दिएमा एचपीभी भाइरसबाट हुने संक्रमण तथा क्यान्सरबाट जोगाउन सकिने हुँदा सरकारले यो अभियान संचालन गर्न लागेको हो । सरकारले भाइरसको संक्रमण लाग्नुभन्दा पहिले नै दिन सकिने यो खोप अनिवार्य आफना छोरीहरुलाई लगाउन आग्रह गरेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा