Health TV Online
Health TV Online
Health TV Online

नेपालमा मिनी पीसीएनएल प्रविधि भित्रिएको २० वर्ष पूरा

मिनी पीसीएनएल भित्राउने प्राध्यापकलाई सम्मान

नेपालमा मिनी पीसीएनएल प्रविधि भित्रिएको २० वर्ष पूरा

हेल्थ टिभी अनलाइन : नेपालमा मिनी पीसीएनएल प्रविधि (सानो प्वाल बनाएर बिना चिरफार मिर्गौलााको पत्थरी निकाल्ने प्रविधि ) भित्रिएको २० वर्ष पूरा भएको छ ।

सन् २००५ मा यूरोलोजिस्ट डा संजय खडगीको आग्रहमा धुलिखेल अस्पतालमा चाइनिज प्राडाद्धय  Prof. Zeng Guohua Prof. Zhou Fangjianआएर ३२ जना मिर्गौलामा पत्थरी भएका बिरामीको यो प्रविधिबाट शल्यक्रिया गरेसँगै नेपालमा यो प्रविधि भित्रिइएको हो । जुनबेला थोरै देशहरुमा मात्र यो प्रविधिबाट उपचार हुने गरेको थियो । त्यसपछि भने डा संजयको सक्रियतामा नियमित रुपमा मिनी पीसीएनएल प्रविधि मार्फत शल्यक्रिया हुन थालेको हो ।

मिनी पीसीएनएल प्रविधि भित्राउँदाका दिन सम्झिैदै डा संजयले भने, ‘म चाइनामा पढिरेहेको थिएँ । केही नयाँ गरौं भन्ने थियो । त्यसकै परिणाम स्वरुप नेपालमा पहिलोपटक मिनी पीसीएनएल प्रविधि भित्रियो । यसले बिरामीलाई धेरै राहत भएको छ । यसभन्दा अघि पत्थरी हुँदा ठूलो चिरफार गरेर शल्यक्रिया गर्न पर्दथ्यो । अस्पताल बसाइ पनि धेरै दिन हुन्थ्यो । तर यो प्रविधि भित्रिएसँगै बिरामीलाई दुखाइ कम हुन्छ भने सानो प्वाल मात्र पारिने हुँदा रगत चाहिने वा जटिलता हुने सम्भावना निकै न्यून हुन्छ । यसका साथै शल्यक्रिया गरेको भोलिपल्टै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।’

डा संजयले यो प्रविधि सिकाउने आफनो गुरुलाई २० वर्ष पुगेको अवसर पारेर नेपालमा निम्तो दिएको बताए । उनले भने, उहाँकै कारणले आज मँ यो प्रविधिमा अन्तराष्ट्रिय स्तरमै चिनिन सफल भएको छु । यसको श्रेय मेरो गुरुलाई जान्छ । यो खुशी सँगै मनाउँ भनेर उहाँलाई नेपाल बोलाएँ । उनले थपे । उनीहरुले यो खुशीयालीमा सँगै केट काटे ।

इन्डो यूरोलोजीमा कहलिएका डा संजयले यो २० वर्षमा १५ हजार भन्दा बढी शल्यक्रिया गरिसकेका छन्। उनले खड्गी इन्स्टिच्युटमा मिनी पीसीएनएल प्रविधिबाट नियमित रुपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्दै आएका छन्। यसका साथै उनले गरिव तथा विपन्न नागारिकका लागि निकै सहुलियत (सरकारी भन्दा पनि कम)  शुल्कमा शल्यक्रिया गर्ने गरेको बताए । त्यसो त बेला बेलामा आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत उनले निशुल्क शल्यक्रिया शिविरको पनि आयोजना गर्दै आएका छन्। जसबाट सयौं बिरामीले सेवा लिइसकेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा