Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण छ : मन्त्री पौडेल

स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण छ : मन्त्री पौडेल

हेल्थ टिभी अनलाइन :  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले जनमानसमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपालको नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना प्रदान गर्न मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य पत्रकारले निभाएको भूमिकाको खुलेरै प्रशंसा गरेका हुन् । उनले मन्त्रालयले जतिसुकै काम गरे पनि त्यो जनमानसमा पुराउन आफै नसक्ने भन्दै सो जानकारी स्वास्थ्य पत्रकारले पुलको रुपमा काम गर्दै आएको जिकीर गरे । उनले भने, ‘हामीले काम गरेका छौं तपाइँहरुले त्यसको बारेमा जनमानसमा पुराउनु भएको छ । यो असाध्यै महत्वपूर्ण जिम्मेवारी हो । यो जिम्मेवारीका लागि यहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’ मन्त्री पौडेलले स्वास्थ्य पत्रकारलाई मन्त्रालयले अभिन्न अंगको रुपमा लिएको र आगामी दिनमा पनि कसरी सहकार्य गर्न सकिन्छ त्यसका लागि आफू तयार रहेको बताए ।

मन्त्रालयले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा मञ्चका नव-निर्वाचित अध्यक्ष भिषा काफ्लेले स्वास्थ्य पत्रकारिता आफैमा संवेदनशिल र प्राविधिक विषय भएकाले यसका विविध पक्षका बारेमा मन्त्रालयले तालिम तथा अभिमुखीकरण जस्ता कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले अन्तरराष्ट्रिय स्तरमा भएका राम्रा अभ्यासहरु सिक्ने मौका पाउँदा स्वास्थ्य पत्रकार अझ बढी जानकार हुने भन्दै अन्तराष्ट्रिय स्तरमा हुने मिडिया सम्बन्धी तालिमहरुमा पत्रकारलाई पनि अवसर दिन जरुरी रहेको जिकीर गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य पत्रकारकारसँग समन्वय गरेर अघि बढ्दा मन्त्रालयका विषयवस्तु नै अघि आउने हुँदा यसमा आफू सधैं सकारात्मक भएको बताए ।

कार्यक्रममा मञ्चका नव-निर्वाचित समिति, संस्थापक, पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुको उपस्थिती रहेको थियो । मञ्च स्वास्थ्य पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने साझा संस्था हो । जसमा आ -आफनो मिडियामा स्वास्थ्यलाई मुख्य बिट बनाएर पत्रकारिता गरिरहेका ७८ जना सदस्य रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा