कञ्चनपुरमा नौ जनामा भेटियाे डेङ्गु संक्रमण
भीमदत्तनगर : सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका नौ जना बिरामीमा डेङ्गुको संक्रमण देखिएको छ। भीमदत्तनगरस्थित सो अस्पतालमा एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए।
‘सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका नौ जनालाई डेङ्गु रोग लागेको परिक्षणका क्रममा भेटियो’, सूचना अधिकृत अवस्थीले भने, ‘डेङ्गु देखिएका सबै बिरामीलाई अस्पतालमै उपचार गरिएको छ।’ गत असोजको तेस्रो सातायता बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको थियाे। डेङ्गु देखिएका अधिकांश बिरामी भीमदत्तनगरपालिकाकै रहेका छन्। गत वर्ष पनि चार\पाँच जनामा यो रोग देखिएको अवस्थीले बताए।
छिमेकी मुलुक भारतका विभिन्न शहरमा डेङ्गुको प्रकोप देखिएकोले त्यता रोजगारी गरी फर्किएका स्थानीयवासीलाई डेङ्गु देखिएको बताइएको छ। लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्नाका साथै सङ्क्रमण फैलिने खतरा रहने भएकोले त्यसमा सचेतना अपनाउन चिकित्सकको सुझाव छ ।
पश्चिमी नाका गड्डाचौकीमा स्थापना गरिएको ‘हेल्थ डेस्क’मा मलेरिया, क्षयरोग लगायतको परीक्षण हुने गरेको छ। तर डेङ्गुको जाँचको सुविधा नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’