स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा काफ्ले
हेल्थ टिभी अनलाइन : स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनबाट हेल्थ आवाजका कार्यकारी सम्पादक भिषा काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा महेश तिमल्सिना, सञ्जिता खनाल र शरद शर्मा विजयी भएका छन्। महासचिवमा शिवहरी घिमिरे, सचिवमा ज्योति अधिकारी, कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन्। सदस्यहरुमा बिना न्यौपाने, सुरेश खनाल, सन्तोष राई, सिर्जना कार्की, भोला अधिकारी, कृष्ण आचार्य, लक्ष्मी चौलागाईँ, उपेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी बासुदेव न्यौपाने लुम्बिनी प्रदेश संयोजक, वीरबहादुर तामाङलाई बागमती प्रदेश, मोहसिन अलि मिया गण्डकी प्रदेश संयोजकमा निर्वाचित भएका छन्। यसैगरी प्रवास संयोजकमा तुलसा घिमिरे निर्वाचित भएकी छिन् ।
नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण