नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा पनि
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गर्दै कैलालीको धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ । क्यान्सर रोगीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनका लागि माघ १ गते देखि क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ । त्यहाँका बिरामीहरुले अब धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन् ।
धनगढी उपमहानगरपालिका–१ हस्पिटल लाइनमा अवस्थित सो क्लिनिकले परामर्श, उपचार र फलोअप सेवाहरू प्रदान गर्ने बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण