नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा पनि

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गर्दै कैलालीको धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ । क्यान्सर रोगीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनका लागि माघ १ गते देखि क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ । त्यहाँका बिरामीहरुले अब धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन् ।
धनगढी उपमहानगरपालिका–१ हस्पिटल लाइनमा अवस्थित सो क्लिनिकले परामर्श, उपचार र फलोअप सेवाहरू प्रदान गर्ने बताइएको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा