आरुस लाइफस्टाइल अस्पतालमा ओस्टियोपोरोसिस शिविर
हेल्थ टिभी अनलाइन : ललितपुरको कुपण्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालमा दुई साताको लागि ओस्टियोपोरोसिस शिविर आयोजना गरिएको छ ।
५० वर्ष उमेर पुगेका व्यक्तिहरुका लागि लक्षित गर्दै अस्पतालले हड्डी कमजोर हुने रोग ओस्टियोपोरोसिसबारे माघ ६ गतेदेखि २० गतेसम्म विशेष शिविर राखेको हो । टुटेको हाँगाजस्तै हड्डी कमजोर नबनोस, ओस्टियोपोरोसिस जाँच गरौं भन्ने नाराका साथ राखिएको शिविरमा वरिष्ठ अर्थोपेडिक विशेषज्ञ तथा इन्डोक्राइनोलोजिस्टबाट निशुल्क परामर्श लिन सकिनेछ ।
यसका साथै डेक्सा स्क्यानमा ५० प्रतिशत छुट, ल्याब तथा एक्सरे र अन्य सेवामा समेत २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । आफनो नाम दर्ताका लागि अस्पतालका यी नंबरमा 01-5970047, 01-5444358 मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।
अस्पतालले एक महिनाअघिदेखि अर्थोपेडिक तथा ट्रमा विभाग स्थापना गर्दै अर्थो सम्बन्धी विशेषज्ञ सेवा दिन सुरु गरेको छ । यही विशेषज्ञ सेवा अन्तर्गत यो शिविर आयोजना गरिएको हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’