पक्षघातका बिरामीलाई नि:शुल्क औषधी उपलब्ध गराउँदै सरकार

हेल्थ टिभी अनलाइन : पक्षघातका बिरामीका लागि अब निशुल्क औषधि वितरण हुने भएको छ । अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफले पक्षघातका बिरामीको उपचारका लागि दुर्लभ र महंगो मानिने औषधी निशुल्क उपलव्ध गराउने भएपछि सो औषधि सरकारले निशुल्क वितरण गर्ने भएको हो ।
औषधी उपलव्ध गराउने सन्दर्भमा डाइरेक्ट रिलिफ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहयोग सम्बन्धी हस्ताक्षर समेत भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । उनका अनुसार डाइरेक्ट रिलिफले अब पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पोखरामा भएको एक कार्यक्रममा पक्षघातका बिरामीका लागि निशुल्क औषधी उपलव्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । नेपालमा हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले जानकारी दिए ।
‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गैरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा