नेपाल भिट्रियो रेटिना सोसाइटीको आठौं सम्मेलन सम्पन्न, नयाँ कार्यसमिति चयन

हेल्थ टिभी अनलाइन : आँखा विशेषज्ञता अन्तर्गतको ‘भिट्रियो रेटिना’ अर्थात आँखाको पर्दाको उपचारमा संलग्न चिकित्सकहरुको संस्था नेपाल भिट्रियो रेटिना सोसाइटीको सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।
सोसाइटीले आयोजना गरेको आठौं सम्मेलनमा देश र विदेशका गरि १ सय ३५ जना विशेषज्ञहरु सहभागी भएको सोसाइटीका महासचिव डा प्रताप कार्कीले जानकारी दिए । डा कार्कीका अनुसार सम्मेलनमा आँखाको पर्दामा हुने समस्या र त्यसको उपचारमा अपनाइएका नयाँ नयाँ प्रविधि र पद्धतिका बारेमा दुई दिनसम्म छलफल भएको छ । छलफलका लागि विदेशबाट २१ जना विशेषज्ञ नेपाल आएका थिए भने देशभित्रका ४० जनाभन्दा बढि विशेषज्ञले विभिन्न कार्यपत्र प्रस्तुत गरेका छन् ।
सम्मेलनका क्रममा नेपाल बाहेक भारत, बंगलादेश, फिलिपिन्स, ताइवान, सिंगापुर, बेलायत लगायत विभिन्न देशका भिट्रियो रेटिना विशेषज्ञहरु सहभागी भए । उनीहरुले भिट्रियो रेटिनाको उपचारमा अपनाइरहेका विधिहरुका बारेमा नेपाली चिकित्सकसँग अनुभव साँटासाट गरे भने नेपाली चिकित्सकहरुले पनि विभिन्न कार्यपत्र र अनुभव साटासाट गरेका छन् । नेपालमा पहिले आँखाका समस्या भन्ने बित्तिकै पहिले मोतिबिन्दु र जलबिन्दुमात्र भन्ने गरिएपनि पछिल्लो समय आँखाको पर्दामा हुने समस्याहरु पनि उल्लेख्य रुपमा बढेका बेलामा यस्ता वैज्ञानिक छलफल यसको उपचारमा संलग्न चिकित्सकहरुलाई सिकाइको अवसर भएको सोसाइटीका अध्यक्ष डा सन्यम वजिमयले बताए ।
नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः डा वजिमय
सम्मेलनका क्रममा नेपाल भिट्रियो रेटिना सोसाइटीको वार्षिक साधारण सभा सम्पन्न भएको छ भने आगामी दुईवर्षका लागि कार्यसमिति पनि चयन भएको छ । नयाँ कार्यसमितिमा केही व्यक्ति दोहोरिएका छन् भने केही नयाँको आगमन भएको छ । सोसाइटीको अध्यक्षमा डा सन्यम वजिमय पुनः सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा, डा रवा थापा, डा संजिता शर्मा कोषाध्यक्षमा र सहकोषाध्यक्षमा डा गुञ्जन प्रसाईं चयन भएका छन् । त्यस्तै महासचिवका लागि अर्को कार्यकालमा पुनः डा प्रताप कार्की र सहसचिवमा डा ललित अग्रवाल निर्वाचित हुँदा सदस्यहरुमा क्रमशः डा लिली राजवंशी, डा पुरुषोत्तम जोशी, डा किरण शाक्य, डा नितीन कुशियार र डा सुवास पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल दुईवर्षको रहने छ ।
सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा