Health TV Online
Health TV Online
Health TV Online

सांसदहरू अनुपस्थित भएपछि सर्याे चिकित्सा शिक्षा विधेयकको छलफल

शिक्षामन्त्री अाए, कुरेर फर्किए

सांसदहरू अनुपस्थित भएपछि सर्याे चिकित्सा शिक्षा विधेयकको छलफल

काठमाडौं : संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न बनेको उपसमिति बैठकमा सांसदहरू नै अनुपस्थित भएका छन् ।

बिहीबार बिहान सवा १० बजे बोलाइएको बैठकमा सांसदहरु नआएपछि आगामी मंसिर २ गते सम्मलाई स्थगन गरिएको छ। बैठकमा छलफलका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल उपस्थित थिए। उनी झण्डै एक घण्टा सिंहदरबारस्थित समितिको कार्यालयमा सांसदहरूलाई कुरेर मन्त्रालय फर्केका हुन्।

विधेयकमाथि छलफल गर्न मन्त्रीलाई डाकेर सांसद्हरू नै नआएका हुन्। बैठकमा सहभागी हुन उपसमितिका सदस्य सांसदहरू खगराज अधिकारी र एकवाल मियाँ मात्र आएका थिए।

सांसदहरु , गगनकुमार थापा, चित्रलेखा यादव अञ्जना विंशेखे, भैरवबहादुर सिंह, योगेशकुमार भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ र उमाकान्त चौधरी बैठकमा आएनन्। उनीहरूलाई बैठकमा आउन बुधबार नै समितिको कार्यालयले खबर गरेको थियो।

चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११ सदस्यीय समिति गठन गरेको छ। उपसमितिका पाँच सदस्य बुधबारकै बैठकमा उपस्थित थिए। उनीहरूकै सल्लाहअनुसार बिहीबार बिहानलाई बैठक डाकिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार