डा सविना र डा शैलेसको गित ‘किन की तिमी प्रेमिका हौ’ सार्वजनिक

हेल्थ टिभी अनलाइन : वरिष्ठ आँखा रोग विशेषज्ञ डा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक समेत रहेका डा शैलेस कुमार मिश्रको गित ‘किन की तिमी प्रेमिका हौ’ सार्वजनिक भएको छ ।
शुक्रबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गित सार्वजनिक गरिएको हो । गितमा डा श्रेष्ठ र डा मिश्रको स्वर रहेको छ भने वरिष्ठ संगीतकार दिपक रमणको निर्देशन रहेको छ । यसैगरी संगीत संयाेजन सन्तोष सानुले गरेका छन्। गितको म्युजिक भिडियोमा दिपक रमण र शान्ति थापाको जीवन्त अभिनय रहेको छ ।
पेशा फरक रहेर पनि गित संगीतमा रुचि राख्ने डा श्रेष्ठ र डा मिश्रले यसअघि पनि थुप्रै गित गाइसकेका छन्।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै