स्वास्थ्यकर्मी अभावमा स्वास्थ्यचौकी बन्द
हुम्ला : सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकी स्वास्थ्यकर्मी अभावमा बन्द भएको छ। ठेहे स्वास्थ्य चौकीमा दशैँअगाडिदेखि नै कर्मचारी नहुँदा उक्त गाउँपालिकाकाे १ देखि ६ वडासम्मका बासिन्दालाई समस्या भएको स्थानीयवासी नवराज भण्डारीले बताए।
ज्वरो, रुघाखोकी, टाउको खुख्नेजस्ता सामान्य बिरामीका लागि जाँच्ने र औषधिसमेत दिने कर्मचारीसम्म पनि नहुँदा बिरामी मर्कामा परेका हुन् । गाउँ नजिकै रहेको स्वास्थ्यचौकी पुग्दा सिटामोल दिने मान्छेसमेत नभएको ठेहे निवासी सुरेश परियारको गुनासो गरे।
स्वास्थ्यचौकीमा ११ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि अहिले एक जना कार्यलय सहयोगी मात्र रहेको बताइएको छ। ११ स्वास्थ्यकर्मीमध्ये एक एचए, दुई अहेव, दुई अनमी र दुई कार्यलय सहयोगीसहित सातजना रहनुपर्ने ठाउँमा कार्यालय सहयोगी मात्र रहेको स्थानीयवासीले बताए। बिरामी उपचारका लागि आउने तर स्वास्थ्यचौकीमा न औषधि पाइन्छ न त स्वास्थ्यकर्मी नै भेटिन्छ अर्का स्थानीयवासी हिराकला परियारको गुनासो छ।
स्वास्थ्यकर्मीको अभावमा गर्भवती महिलालाई झन् समस्या भएको ठेहेका नवराज भण्डारीले बताए। उनका अनुसार आइरन चक्कीलगायत अन्य अति आवश्यक औषधि भए पनि औषधि दिने कर्मचारी पनि छैनन्।
सिमकोट गाउँपालिकालाई उक्त स्वास्थ्य चौकीमा कर्मचारी कति छन्\ छैनन् भन्ने जानकारीसमेत छैन। ठेहेमा करीब ५०० घरधुरी छन् । दैनिकजसो सामान्य बिरामीले स्वास्थ्यकर्मीको अभावमा तीन घण्टा लगाएर जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण