कार्यालय समयमा अस्पतालमा नभेटिने डाक्टरलाई कारवाही गर्दै स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अस्पतालमा नभेटिने डाक्टरलाई कारवाही गर्ने बताएको छ ।
केही दिन अघि मात्र मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ इकाई हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा डाक्टर उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइएमा कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन् । यस विषयमा मन्त्रालयले सम्बन्धित सबै अस्पतालमा पत्राचार समेत गरिसकेको छ ।
मन्त्री पौडेलले विद्युतीय हाजिरी अनिवार्य गर्न र आकस्मिक रुपमा कहीं जानै परेमा लगबुकमा रेकर्ड राखेर मात्र जान पनि निर्देशन दिएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण