Health TV Online
Health TV Online
Health TV Online

पूर्ण स्वास्थ्यलाभ गर्दै प्रधानमन्त्री, सम्भवतः अाजै ‘डिस्चार्ज’ हुने

पूर्ण स्वास्थ्यलाभ गर्दै प्रधानमन्त्री, सम्भवतः अाजै ‘डिस्चार्ज’ हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। उनलाई ‘डिस्चार्ज’ गर्नेबारे चिकित्सकले छलफल थालेका छन्।

‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्यलाभ गर्नुभएको छ भन्ने ठानेका छौँ’, बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले भने, ‘डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौँ तर, टुंगोमा भने पुगेका छैनौँ।’

बिहीबार बिहान गरिएको रगत परीक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको अस्पतालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको रगत परीक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको कारण आजै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ।

छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित भई सोमबार बिहान अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन्।

प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

हेर्नुहाेस् विज्ञप्ति–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार