महिला स्वास्थ्यको आयोजनामा इन्टर हस्पिटल फुटसल हुँदै

हेल्थ टिभी अनलाइन : महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल शुक्रबारबाट हुने भएको छ । ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहने बताइएको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ ।
हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ । यसैगरी कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक,वात्सल्य आईभीएफ, मेटेरनिटी पसलले सहयोग गरेका छन् ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा