आईओएमको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त

हेल्थ टिभी अनलाइन : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् । शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आईओएमको डीनका लागि नाम सिफारिस गर्न गठित समितिले प्राडा शर्मा सहित तीन जनाको नाम सिफारिस गरेको थियो । गत १४ असोजमा कार्यकारी समक्ष सिफारिस गरिएका नामहरुमा प्राडा शर्मासहित प्राडा दिब्या सिंह शाह र प्राडा सुधा बस्नेत थिए । सिफारिस भएका तीन जना मध्येबाट शर्मालाई डीनमा नियुक्त गरिएको हो ।
यसअघिकी डीन डा दिव्या सिंह शाहको ४ वर्षे कार्यकाल ६ महिनाअघि नै सकिएको भए पनि नयाँ डीन नियुक्तीमा ढिलाई भएपछि उनलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा