Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्री पौडेलले भने, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बढाउन बीमाको दायरा बढाउनुपर्छ

स्वास्थ्य मन्त्री पौडेलले भने, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बढाउन बीमाको दायरा बढाउनुपर्छ

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बढाउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन्।

बिहिबार स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। यसपटकको दिवसको नारा नागरिकको स्वास्थ्यः राज्यको दायित्व भन्ने रहेको छ । सो कार्यक्रममा मन्त्री पौडेलले अझै पनि धेरैको स्वास्थ्य सेवामा सहज र सर्वव्यापी पहुँच हुन नसकेको भन्दै सबै मिलेर स्वास्थ्य सेवाको विकासमा योगदान गर्नुपर्ने बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार भएको समेत जिकीर गरे ।

मन्त्री पौडेलले अबको स्वास्थ्य सेवा बीमामा आधारित हुनपर्नेमा जोड दिए ।

यसैगरी सो कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्यमा सबैको सर्वव्यापी पहुँच हुन आवश्यक रहेको जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा