नेपालमा तीन घातक विषादीमा प्रतिबन्ध
हेल्थ टिभी अनलाइन : स्वास्थ्यका लागि अत्यन्त घातक मानिने तीन विषादीमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै पाराक्वाट प्याराक्वाट डाइक्लोराइड र फोरेट नामक अन्यन्त घातक मानिने विषादीको उत्पादन, आयात, निर्यात, बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो । विषादीको कम प्रयोग हुनुपर्छ भन्दै एडभोकेसी गर्दै आएको संस्था जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले सरकारको यो कदमको स्वागत गर्दै यसले धेरै व्यक्तिलाई जोखिमबाट जोगाउने जनाएको छ ।
पाराक्वाट र क्लोरोपाइरिफोसको हकमा उत्पादन, संश्लेषण, आयात र निर्यातमा प्रतिबन्ध लगाउने निर्णय २०८१ मंसीर २० गतेदेखि लागू भएको छ। बाँकी रहेका विषादीहरु पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त र प्रयोग गरिसक्नु पर्नेछ । यो अवधि फोरेटलाई भने दिइएको छैन किनकि पहिले नै २०७२।०३।२० मा यसलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो र यसै राजपत्रको सूचनामा समावेश गरी प्रकाशित गरिएको छ।
यी तीन विषादीहरूलाई प्रतिबन्ध लगाउन नेपाल सरकारले गरेको तत्काल र साहसिक निर्णयको प्रशंसा गर्दै केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक राम चरित्र साहले नेपालमा आयात, बिक्री, वितरण र प्रयोग गर्न पाइने दर्ता भएका विषादीहरूको लामो सूचीप्रति पनि सचेत रहन ध्यानाकर्षण गराएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण