फार्मेसी सहायकको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण
हेल्थ टिभी अनलाइन : नेपाल फार्मेसी परिषद्ले लिएको फार्मेसी सहायकको नाम दर्ता लाइसेन्स परीक्षामा १०.२० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा अत्यन्तै कम प्रतिशत उत्तीर्ण भएका हुन् ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार यो परीक्षाका लागि कुल १ हजार २९९ जनाले फारम भरेका थिए । तर आज परीक्षाका बेला १ हजार २६४ जना मात्रै सहभागी भए । ती मध्ये १२९ जना १० .२० प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । नाम दर्ता परीक्षामा ९० प्रतिशत अनुत्तीर्ण हुँदा कलेजहरुको पढाईको गुणस्तरमा समेत प्रश्न उठेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य