स्वास्थ्य सचिव पोखरेलले भने, मन्त्रालयको इज्जत धान्ने काम स्वास्थ्य स्वयंसेविकाले गरिरहेका छन्
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य मन्त्रालयको इज्जत धान्ने काम गरिदिएको बताएका छन्।
बिहीबार २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा डा पोखरेलले महिला स्वयंसेविकाले उत्कृष्ट काम गरेर देशको र स्वास्थ्य मन्त्रालयको इज्जत धानिरहेको बताएका हुन्। उनले विदेशका कार्यक्रममा जाँदा धेरैले नेपालका स्वास्थ्य स्वयंसेविकाले गरेको कामको प्रशंसा गर्ने गरेको पनि जिकीर गरे । उनले स्वास्थ्य स्वंयसेविकाले गरेको कामको सम्मान गर्दै शिक्षा र अनुभवका आधारमा अपग्रेड गर्दै लानपर्नेमा जोड दिए । उनले स्वास्थ्य स्वंयसेविकालाई सरकारले केही इन्सेन्टिभ दिएको भएपनि त्यो प्रयाप्त नभएको र अब उचित व्यवस्थापन गर्दै सेवा सुविधा बढाउन आवश्यक रहेको समेत जिकीर गरे ।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्दै सरकारद्वारा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ लाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको छ । सोही अवसरमा आज यो दिवस मनाइएको हो । नेपालमा ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण