स्वास्थ्य सचिव पोखरेलले भने, मन्त्रालयको इज्जत धान्ने काम स्वास्थ्य स्वयंसेविकाले गरिरहेका छन्

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य मन्त्रालयको इज्जत धान्ने काम गरिदिएको बताएका छन्।
बिहीबार २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा डा पोखरेलले महिला स्वयंसेविकाले उत्कृष्ट काम गरेर देशको र स्वास्थ्य मन्त्रालयको इज्जत धानिरहेको बताएका हुन्। उनले विदेशका कार्यक्रममा जाँदा धेरैले नेपालका स्वास्थ्य स्वयंसेविकाले गरेको कामको प्रशंसा गर्ने गरेको पनि जिकीर गरे । उनले स्वास्थ्य स्वंयसेविकाले गरेको कामको सम्मान गर्दै शिक्षा र अनुभवका आधारमा अपग्रेड गर्दै लानपर्नेमा जोड दिए । उनले स्वास्थ्य स्वंयसेविकालाई सरकारले केही इन्सेन्टिभ दिएको भएपनि त्यो प्रयाप्त नभएको र अब उचित व्यवस्थापन गर्दै सेवा सुविधा बढाउन आवश्यक रहेको समेत जिकीर गरे ।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्दै सरकारद्वारा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ लाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको छ । सोही अवसरमा आज यो दिवस मनाइएको हो । नेपालमा ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा