Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालमा श्वासनलीको क्यान्सरको जटिल शल्यक्रिया

नेपाल क्यान्सर अस्पतालमा श्वासनलीको क्यान्सरको जटिल शल्यक्रिया

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टमा एक जना बिरामीको श्वासनलीको जटिल शल्यक्रिया सफल भएको छ । उक्त शल्यक्रिया दुरविनको मद्दतले गरिएको हो ।

क्लिनिकल इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डा विश्वास शर्माको टिमले अस्पतालमा उपचार गर्न आएका एक विरामीको उक्त जटिल मानिने शल्यक्रिया गरेका हुन् । डा शर्माका अनुसार ती बिरामीको श्वासको मुख्य नलीमा भएको ४ ५ सेन्टीमिटर अर्थात् ८० प्रतिशत भाग ओगटेको क्यान्सरको दुरविनबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । यो सफल शल्यक्रियासँगै यस्तो जटिल शल्यक्रिया नेपालमै सम्भव रहेको प्रमाणित भएको र नेपाल क्यान्सर अस्पतालले नयाँ नयाँ प्रविधीमार्फत बिरामीको सफल उपचार गरिरहेको समेत उनले जिकीर गरे यस्तो प्रकारको शल्यक्रियामा बिरामीमा ठूलो चिरफार नगरी दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर शल्यक्रिया गर्ने गरिन्छ ।

बिरामीका आफन्त उपचारका लागि भारत जान खोजेको भए बिरामीले नेपालमै उपचार गर्ने र यहींंका डाक्टरबाट उपचार गराउन चाहेपछि उनको शल्यक्रिया भएको थियो । अहिले बिरामी र बिरामीका आफन्तले आफनै देशमा कम खर्चमा उपचार गराउन पाएकोमा हर्षित हुँदै अस्पताल तथा डाक्टरको टिमलाई धन्यवाद दिइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा