नेपाल क्यान्सर अस्पतालमा श्वासनलीको क्यान्सरको जटिल शल्यक्रिया
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टमा एक जना बिरामीको श्वासनलीको जटिल शल्यक्रिया सफल भएको छ । उक्त शल्यक्रिया दुरविनको मद्दतले गरिएको हो ।
क्लिनिकल इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डा विश्वास शर्माको टिमले अस्पतालमा उपचार गर्न आएका एक विरामीको उक्त जटिल मानिने शल्यक्रिया गरेका हुन् । डा शर्माका अनुसार ती बिरामीको श्वासको मुख्य नलीमा भएको ४ ५ सेन्टीमिटर अर्थात् ८० प्रतिशत भाग ओगटेको क्यान्सरको दुरविनबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । यो सफल शल्यक्रियासँगै यस्तो जटिल शल्यक्रिया नेपालमै सम्भव रहेको प्रमाणित भएको र नेपाल क्यान्सर अस्पतालले नयाँ नयाँ प्रविधीमार्फत बिरामीको सफल उपचार गरिरहेको समेत उनले जिकीर गरे यस्तो प्रकारको शल्यक्रियामा बिरामीमा ठूलो चिरफार नगरी दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर शल्यक्रिया गर्ने गरिन्छ ।
बिरामीका आफन्त उपचारका लागि भारत जान खोजेको भए बिरामीले नेपालमै उपचार गर्ने र यहींंका डाक्टरबाट उपचार गराउन चाहेपछि उनको शल्यक्रिया भएको थियो । अहिले बिरामी र बिरामीका आफन्तले आफनै देशमा कम खर्चमा उपचार गराउन पाएकोमा हर्षित हुँदै अस्पताल तथा डाक्टरको टिमलाई धन्यवाद दिइरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण