स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान आचारसंहिता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।
अनुसन्धान परिषद्को मुख्य आयोजनामा ‘फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप) को २४औं शिखर सम्मेलन सुरु भएको हो । नेपालमा पहिलोपटक भएको सो सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका छन् । मन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्दै स्वास्थ्य अनुसन्धानका क्षेत्रबाट नै स्वास्थ्यका नीतिहरु बन्ने हुँदा देशको आवश्यकता अनुसार अनुसन्धान गर्न अनुसन्धाकर्ताहरुलाई आग्रह गरे ।
सम्मेलनको नारा ‘उत्तरदायी अनुसन्धान : अधिकतम लाभ’ भन्ने रहेको छ । सम्मेलनमा २५० जना विदेशी विज्ञहरुसहित ६ सय जना सहभागि हुने परिषद्ले जनाएको छ । यसैगरी २ सय जनाभन्दा बढी भर्चुअल रुपमा जोडिनेछन् । सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ । तीन दिने सम्मेलनमा आइतबार प्रि कन्फ्रेन्स भएको थियो भने सोमबार र मंगलबार विभिन्न विषयहरुमा छलफल हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण