स्वास्थ्य अनुसन्धान आचारसंहिता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान आचारसंहिता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।
अनुसन्धान परिषद्को मुख्य आयोजनामा ‘फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप) को २४औं शिखर सम्मेलन सुरु भएको हो । नेपालमा पहिलोपटक भएको सो सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका छन् । मन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्दै स्वास्थ्य अनुसन्धानका क्षेत्रबाट नै स्वास्थ्यका नीतिहरु बन्ने हुँदा देशको आवश्यकता अनुसार अनुसन्धान गर्न अनुसन्धाकर्ताहरुलाई आग्रह गरे ।
सम्मेलनको नारा ‘उत्तरदायी अनुसन्धान : अधिकतम लाभ’ भन्ने रहेको छ । सम्मेलनमा २५० जना विदेशी विज्ञहरुसहित ६ सय जना सहभागि हुने परिषद्ले जनाएको छ । यसैगरी २ सय जनाभन्दा बढी भर्चुअल रुपमा जोडिनेछन् । सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ । तीन दिने सम्मेलनमा आइतबार प्रि कन्फ्रेन्स भएको थियो भने सोमबार र मंगलबार विभिन्न विषयहरुमा छलफल हुनेछ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा