एन्टीबायोटिकको प्रयोग सावधानीपूर्वक गरौं : स्वास्थ्यमन्त्री पौडेल
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एन्टीबायोटिकको प्रयोग सावधानीपूर्वक गर्न सबैलाई अपिल गरेका छन् । विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसर पारेर मन्त्री पौडेलले भिडियो सन्देश दिंदै सबैलाई यसको समूचित प्रयोगको लागि आग्रह गरेका हुन्। एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण उपचारमा जटिलता आउने र औषधिले काम नगर्ने अवस्था आउन थालेकाले यसबारे बेलैमा सचेत हुन आवश्यक रहेको उनले जिकीर गरे ।
मन्त्री पौडेलले यो समस्या मानव स्वास्थ्यमा मात्र नभएर पशु, कृषि, खाद्य तथा वातावरणमा समेत जोडिएकाले सबै सरोकारवालाले एकीकृत रुपमा काम गर्नपर्ने देखिएको बताए । उनले यो एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या समाधान गर्न सबैले आ -आफनो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए ।
एन्टीबायोटिक आवश्कताभन्दा कम, बढी तथा जथाभावी आफूखुशी प्रयोग गर्दा देखिने समस्या (जसमा रोगका किटाणुलाई मार्ने औषधि भन्दा किटाणु बलिया बन्दै बन्दै जान्छन ।) लाई एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । यो समस्यालाई विश्व स्वास्थ्य संगठनले १० औं जनस्वास्थ्य चुनौतीका रुपमा राखेको छ । नेपालमा पनि धेरै एन्टीबायोटिकले काम गर्न छोड्न थालेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सचेतना सप्ताहभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’