Health TV Online
Health TV Online
Health TV Online

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

हेल्थ टिभी अनलाइन : पूर्वसभाामुख दमननाथ ढुंगानाको आज दिउँसो निधन भएको छ। पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा एक महिनादेखि बिरामी भएर उपचाररत उनको उपचारका क्रममा आइतबार दिउँसो २ बजे निधन भएको अस्पतालले जनाएको छ । उनी कलेजो रोगका बिरामी थिए ।

उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका खेलेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा