ललितपुरकी उपमेयर शाक्यले भनिन, ‘मधुमेहमा सचेतना जगाउन अत्यावश्यक छ’

हेल्थ टिभी अनलाइन : विश्व मधुमेह दिवसको अवसर पारेर देशभर विभिन्न कार्यक्रम भएका छन्। यसै क्रममा आज बिहान शनिबार डाइबेटिज एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन नेपालले आरुस लाइफ स्टाइल अस्पताल, प्रज्ञा फाउन्डेसन नेपालसँगको सहकार्यमा मधुमेहबारे सचेतना जगाउन वाकाथनको आयोजना गरेको थियो ।
‘ब्रेकिङ द ब्यारिअर्स, ब्रिजिङ द ग्याप’ भन्ने नाराका साथ वाकाथन ललितपुरको मंगलबजारबाट सुरु भएर पुल्चोक, जावलाखेल, लगनखेल हुँदै पाटन दरबार स्क्वायरमा आएर टुंगिएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य सहभागी भएकी थिइन । उनले सो वाकाथनमा सहभागी हुँदै मधुमेहबारे सचेतना अहिलेको प्रमुख प्राथमिकता रहेको बताउँदै समूदयास्तरमै जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको जनाइन ।
कार्यक्रममा मधुमेहले कसरी हाम्रो शरीरलाई असर गर्छ र कस्तो जटिलता निम्त्याउँछ भन्ने बारेमा विज्ञहरुले जानकारी दिएका थिए ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा