Health TV Online
Health TV Online
Health TV Online

पोखरामा डेंगु संक्रमित बढे

पोखरामा डेंगु संक्रमित बढे

कास्की : पोखरामा डेंगु रोगका संक्रमित बढेका छन्। असोजको पहिलो साता दुर्इ जनाबाट फैलिएको डेंगु अहिले ६९ जनामा पुगेको छ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले पनि ६९ जनामा डेंगु भेटिएको र डेंगु संक्रमित मध्ये २२ जनाको पोखरामै उपचार गराइरहेको महानगर स्वास्थ्य महाशाखाका हेमन्त शर्मा पौडेलले जानकारी दिए। अरू बिरामीको उपचार भने राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ।

तराईबाट, विशेष गरी भारतबाट मानिसहरु आउजाउ गरेको कारणले यो बढेको हो। अस्पतालमा आउनेहरुको र्यापिड टेस्ट गर्दा उनीहरुलाई डेंगुको संक्रमण भएको भेटिएको हो।

काठमाडौँमा टेस्ट गरिएको तीनजनालाई भने डेंगुका कडाखालको संक्रमण भेटिएको पुष्टि भएको छ। ज्वोरो आउने, शरिरका विभिन्न हाडका जोर्नीहरु दुख्ने, रिंगटा लाग्ने, टाउको दुख्ने, आँखा दायाँबायाँ चलाउँदा दुख्ने, शरिरमा रगत जमेको जस्तो देखिने डेंगुको लक्षण हुन्।

डेंगुले संक्रमण गरेको मानिसको नाक, गिजा तथा अन्य अंगबाट एक्कासी रगत बग्ने चिकित्सकहरू बताउँछन्।

थप समाचार