‘एन्टीबायोटिक सेन्सीटिभिटी’ जाँच गरेर मात्र औषधि प्रेस्क्राइब गर्न पत्राचार
हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले एन्टीबायोटिक सेन्सीटिभिटी जाँच गरेर मात्र एन्टीबायोटिक औषधि प्रेस्क्राइब गर्न सबै अस्पताललाई पत्राचार गरेको छ ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्स जल्दोबल्दो समस्याको रुपमा रहेको र गण्डकी प्रदेशमा विभिन्न अनुसन्धानले यो समस्या अझ बढी देखिएको भन्दै मन्त्रालयले सबै अस्पताललाई एन्टीबायोटिक प्रयोग गर्दा अनिवार्य एन्टीबायोटिक सेन्सीटिभिटी जाँच गर्न भनेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा रमेश कुमार केसीद्धारा जारी गरिएको पत्रमा भनिएको छ, ‘गण्डकी प्रदेशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत वर्ष गरेको अनुन्धानले गण्डकीमा एएमआरको समस्या बढ्दो देखाएको छ । त्यसैले यो समस्या कम गर्न अबदेखि सबै अस्पतालमा एन्टीबायोटिक सेन्सीटिभिटी जाँच गरेर मात्र एन्टीबायोटिक प्रेस्क्राइब गर्न पत्राचार गरिएकाले सो अनुसार गर्न आग्रह छ ।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य