बालबालिकालार्इ भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइँदै
काठमाडाैं : देशभरका बालबालिकालाई मंगलबार र बुधबार भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ। सरकारले भिटामिन ए कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन शुरु गरेको हो।
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने काम भइरहेको महिला स्वास्थ्य स्वयंसेविका सीता खड्काले जानकारी दिइन्। भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको पनि उनले बताइन्। याे वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरका सबै स्थानीय तहको वडा स्तरमा नै महिला स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयंसेविकासहितको जनशक्ति परिचालन गरिएको छ।
भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम प्रत्येक वर्ष कात्तिक २ र ३ गते खुवाइने गरिए पनि याे वर्ष दशैँ परेकाले सरेकाे हाे।
बाल मृत्युदर रोक्न सरकारले २०५० सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण