बालबालिकाको जन्मने बित्तिकै गरिने परीक्षण ‘बर्न स्क्रिनिङ’ अनिवार्य गरिने
हेल्थ टिभी अनलाइन : सरकारले बालबालिका जन्मने बित्तिकै गरिने परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्ने निर्णय गरेको छ ।
नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनाएका छन्।
उनले भने, ‘अब प्रसुती र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै थाइराइड, सुन्ने क्षमता,जण्डिस र आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण अनिवार्य गरिएको छ । यस निर्णयले बालबालिकालाई अपांगतासहितका प्रमुख गम्भीर स्वास्थ्य समस्याबाट बचाउन सकिने हाम्रो विश्वास छ ।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य