Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय आरोग्य दिवसको सन्देश : स्वस्थ जीवनशैलीमा सात्विक आहार

राष्ट्रिय आरोग्य दिवसको सन्देश : स्वस्थ जीवनशैलीमा सात्विक आहार

हेल्थ टिभी अनलाइन : यस वर्ष धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा स्वस्थ जीवनशैलीका लागि सात्विक आहारलाई केन्द्रमा राखिएको छ । जडीबुटीमा आधारित प्राचीन प्रचलित वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा बुधबार धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ। सो दिवसकाबारेमा जानकारी दिन मंगलबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक डा प्रदीप केसीले स्वस्थ जीवनशैलीको आधार नै सात्विक आहार भएकाले यसमा सबैको ध्यान जान आवश्यक रहेको बताए । उनले भने, ‘त्यही कुरालाई ख्याल गर्दै यस वर्ष राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको नारा नै हामीले स्वस्थकर जीवनशैलीका लागि स्वस्थकर तथा सात्विक भोजन राखेका छौं ।

उनले आयुर्वेदको मुख्य उद्धेस्य नै रोग लाग्नुभन्दा पहिले नै निरोगी कसरी हुने भन्ने सिकाउने भएको र त्यसका लागि आहार, विहार र विचारमा ध्यान दिन आवश्यक रहेको जनाए । नसर्ने रोगको प्रमख कारण नै खानपान र जीवनशैली भएकाले यसमा मात्र ध्यान दिएर प्राकृतिक खाना खाने, योग ध्यानमा समय निकाल्ने गरेमा धेरै हदसम्म नसर्ने रोगबाट बच्न सकिने उनले जिकीर गरे ।

यसैगरी कार्यक्रममा धन्वन्तरी को हुन् ? उनको आधुनिक चिकित्सामा कस्तो महत्व छ भन्ने बारेमा विभागका आयुर्वेद चिकित्सक डा वंश दीप शर्मा खरेलले जानकारी गराएका थिए । कार्यक्रममा आयुर्वेद विज्ञ डा श्यामबाबु यादव, डा मुनकर्ण थापाले पनि हाम्रो जीवनमा स्वस्थ रहनका लागि र रोग लागिसकेपछिको अवस्थामा आयुर्वेदको महत्वकाबारेमा जानकारी गराएका थिए ।

कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पति भएको दिनको सम्झना तथा सम्मानमा प्रत्येक वर्ष यो दिन धन्वन्तरी जयन्ती मनाउने गरिन्छ । केही वर्ष यता सोही दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । बुधबार सिंहदरबार वैद्यखानामा एक विशेष कार्यक्रमकावीच यो दिवस मनाइँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा