अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु
पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ।
हालसम्म १५ शय्या अस्पताल रहेको जिल्लामा ५० शय्या क्षमताको भवन निर्माण गर्न लागिएको हो। लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो ।
भवन, जनशक्ति र प्रविधिको अभावमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकिरहेका बेला चालू आर्थिक वर्षको बजेटबाट भवन निर्माण गर्न रकम निकासा भएको थियो ।
नयाँ संरचनासहितको व्यवस्थित अस्पताल बनाउन लागेकाे अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए। उनका अनुसार नयाँ भवनमा अपांगमैत्री, बालबालिका, साधारण तथा मुख्य शल्यक्रिया, एक्सरे कक्षसहितको एकीकृत भवन हुने छ। पाँच वटा ब्लकमा निर्माण हुने अस्पतालमा डाक्टर तथा नर्सको आवास, ५० वटा शय्या, प्रसूतिगृह, शल्यक्रिया भवन, एक्सरे, इसिजी, प्रयोगशालालगायतका छुट्टाछुट्टै कोठा रहनेछ।
हालको साना टहरा हटार्इ भवन निर्माण भएपछि विशेषज्ञ डाक्टरसहितको सेवा सञ्चालनमा आउने र १६ जना डाक्टरको दरबन्दी हुनेछ । त्यहीअनुसार अन्य कर्मचारीको व्यवस्थापन हुनेछ।
अस्पतालमा स्वास्थ्य सेवा लिन कुस्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी र जलजला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्रका बासिन्दा आउने गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण