१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार नि:शुल्क

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार नि:शुल्क गर्ने निर्णय गरेका छन्।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले १४ वर्ष मुनिका बालबालिकाको ३ सरकारी अस्पतालबाट निशुल्क उपचार हुने बताएका हुन्। यो निर्णयसँगै यही मंसीर १ गतेबाट सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमार्फत बालबालिकाले क्यान्सर उपचार सेवा नि:शुल्क पाउनेछन्।
मन्त्री पौडेलले भने, ‘परिवारको आर्थिक कठिनाइका कारण कोही पनि बालबालिकाले उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गराउने निर्णय गरेका छौं ।’
मन्त्री पौडेलले मन्त्रालय सम्हाले लगत्तै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीती स्विकृत गर्ने पहिलो निर्णय गरेका थिए । सोही अनुरुप यो क्यान्सरको उपचार नि:शुल्क गर्न लागिएको पनि मन्त्री पौडेलले जनाएका छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा