नेसोगको अध्यक्षमा डा पदम राज पन्त
हेल्थ टिभी अनलाइन : नेपाल स्त्री तथा प्रसुती विशेषज्ञ समाज (नेसोग) को अध्यक्षमा डा पदमराज पन्त चयन भएका छन्।
नेसोगको विधानमा वरिष्ठ उपाध्यक्ष निर्वाचित व्यक्ति अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधान अनुसार डा पन्त अध्यक्ष भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदलाई प्रेसिडेन्ट इलेक्टका रुपमा रहने व्यवस्था नेसोगमा राखिएको छ । सो अनुसार डा पन्त २ वर्ष प्रेसिडेन्ट इलेक्टको रुपमा काम गरेपछि अहिले स्वत:अध्यक्ष चयन भएका हुन्।
नेसोगको शुक्रबार सम्पन्न भएको निर्वाचनमा डा पन्तको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अर्थात प्रेसिडेन्ट इलेक्टको रुपमा डा धनबहादुर राना निर्वाचित भएका छन्। डा राना अब दुई वर्षपछि स्वत अध्यक्ष हुन पाउने छन्।
यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्षमा डा सपना अमात्य, महासचिवमा डा सन्देश पौडेल, सहमहासचिवमा डा अस्मिता घिमिरे, कोषाध्यक्षमा डा अतित पौडेल र सहकोषाध्यक्षमा डा श्रीप्रसाद अधिकारी निर्वाचित भएका छन्। सामाजिक सांस्कृतिक वैत्रानिक सचिवमा डा आस्था श्रेष्ठ, सामाजिक सांस्कृतिक वैज्ञानिक सहसचिवमा डा श्रेषशी अर्याल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ६ जना सदस्य निर्वाचित भएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य