डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको १० मिनेट अभियान
हेल्थ टिभी अनलाइन : देशभर डेंगुका बिरामी बढ्न थालेपछि सरकारले आजदेखि डेंगु नियन्त्रणका लागि १० मिनेट अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदबाट निर्णय भएर आजदेखि उक्त अभियान सरकारले सुरु गरेको हो । सो अभियान स्वरुप आज स्वास्थ्य मन्त्रालय लगायत देशका सबै सरकारी कार्यालयमा बिहान १० बजे १० मिनेट ‘लामखुट्टे खोज र नष्ट गर’ भन्दै सरसफाई गरिएको छ । डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोर लगायतका जोखिम भएका स्थानमा सरसरफाई अभियान सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक शुक्रबार बिहान १० बजे ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भिडियो सन्देश दिंदै भनेका छन्, ‘देशका केही जिल्लामा डेंगी रोगको प्रकोप बढीरहेकाले यसलाई अझ गम्भीर बन्न नदिन सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा लामखुट्टे खोजी र नष्ट अभियान थाल्दैछ । यसमा सक्रिय सहभागीताका लागि हामी सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गर्दछौं ।’
डेंगु ज्वरोका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सरकारले यस्तो अभियान सुरु गरेको हो । यो अभियान साताको एक दिन हुनेछ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य