Health TV Online
Health TV Online
Health TV Online

रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले २२ वटा संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने निर्णय गरेका छन् ।

मन्त्री पौडेलले नागरिकको स्वास्थ्योपचारमा धेरै प्रयोगमा आउने र अधिक खर्च हुने रेडियोलोजी एक्सरे, एमआरआइ, सिटिस्क्यानमा प्रयोग हुने फिल्मको प्रयोग हटाएर २२ वटा संघीय अस्पतालमा डिजिटल रिपोर्ट उपलब्ध गराउने निर्णय गरेको जनाएका छन् ।

उनले यस निर्णयले फिल्ममा हुने खर्च घट्न गइ ती अस्पतालको मात्र करिब वार्षिक ५० करोड रकम विदेशिनबाट जोगिने अपेक्षा गरेको पनि जिकीर गरे । उनले भने, खरिदमा हुने खर्च घटे पछि सोहीअनुरुप नागरिकको रेडियोलोजी सेवाको शुल्कसमेत घटाउन हामीले मातहतका अस्पतालमा व्यवस्था गरेका छौं । निजी क्षेत्रबाटसमेत साथ मिलेमा र प्रदेश र स्थानीय तहमा समेत यो लागू गर्न सकिएमा निकै ठूलो रकम जोगिने हाम्रो अपेक्षा छ ।

एक पटक प्रयोगमा आए पछि वातावरणमा समेत असर पार्ने फिल्मको प्रयोगलाई क्रमैसँग निजी र अन्य तहगत अस्पतालमा समेत हटाउने हाम्रो लक्ष्य छ , उनले भने ।  यसका लागि सघाउन हामी निजी अस्पतालसहित सम्बद्ध सरोकारवालाको सहयोग अपेक्षा गर्दछौं ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा